निर्मला पन्तको बलात्कार हत्या प्रकरणमा बर्खास्त भएका एसपी विष्टलाई पुनर्वहाली गर्ने सरकारको निर्णय

निर्मला पन्तको बलात्कार हत्या प्रकरणमा बर्खास्त भएका एसपी विष्टलाई पुनर्वहाली गर्ने सरकारको निर्णय

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

पुष १५ काठमाण्डौं । निर्मला पन्त बलात्कार–हत्या प्रकरण बर्खास्त गरिएका एसपी डिल्लीराज बिष्ट पुनर्वहाली हुने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद्ले यो निर्णय गरेको हो । गृहको सिफारीसमा इन्सपेक्टर जगदिशप्रसाद भट्ट पनि पुनर्वहाली भएका छन् ।
जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट गरेको र दिलिपसिंह विष्टलाई यातना दिएको मुद्धामा ७६ साल साउन १५ गते सफाई दिएको थियो ।

त्यसै फैसलाका आधारमा गृहमन्त्रालयले उनीहरुलाई पुनर्वहाली गर्न सिफारीस गरे अनुसार निर्णय भएको हो । गृहमन्त्रालको प्रस्तावमा यसअघि ०७५ असोजमा मन्त्रिपरषद्ले उनीहरुलाई बर्खास्त गरेको थियो ।

०७५ साउन ११ मा कञ्चनपुरकी निर्मला पन्तको शव भिमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा फेला परेको थियो । त्यतिबेला इन्स्पेक्टर भट्ट सो एरियाका इन्चार्ज थिए । एसपी विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख थिए ।
निर्मला पन्तको बलात्कारी र हत्यारा भने सरकारले अझै पत्ता लगाउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ