नेप्से निरन्तर उकालो, ४ अर्ब हाराहारीको कारोबार

नेप्से निरन्तर उकालो, ४ अर्ब हाराहारीको कारोबार

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

पुष १५ काठमाण्डौं । राजनीतिक अस्थीरताका बीच ओरालो लाग्ने अनुमान गरिएको शेयर बजार आज पनि उकालो लागेको छ ।
साताको चौथो कारोबार दिन बुधबार नेप्से सूचक साढे दुई प्रतिशतले बढेको छ भने कारोबार रकम पनि साढे ४ अर्ब हाराहारी रहेको नेप्सेले जनाएको छ ।

यस दिन नेप्से सूचक ४९.१७ अंक अर्थात २.४४ प्रतिशतले बढेर २०६२ विन्दुमा पुगेको छ। यसअघि नेप्सेले २०७१ विन्दुको हालसम्मकै नयाँ उचाईमा पुगेको थियो ।

बुधबार २०८ वटा कम्पनीको ९९ लाख १० हजार कित्ता शेयर ४ अर्ब ४४ लाख रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । आज दुई उपसमूहको सूचक नकारात्मक देखिँदा अन्य १० वटा उपसमूहको सूचक सकारात्मक रह्यो ।

बुधबार कारोबारमा आएका पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, मल्टिपर्पस फाइनान्स र एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै ३४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआइसी एशियाको ३२ करोड २३ लाख, हिमालयन डिस्टिलरीको २८ करोड ६७ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ