पुष १५ काठमाण्डौं । नेपाल टेलिकमले यही पुष १७ गतेदेखि फाइबर टूदि होम मार्फत आईपी टिभी सेवा शुरु गर्ने भएको छ ।
हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई
रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको विज्ञप्ति मार्फत जनाएको छ ।
कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर,सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिनेस्थानहरुमा उपलब्ध हुनेछ ।
हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटि टिभि सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ । एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले
कम्पनीबाट सेट टप बक्स खरिद गर्नु गर्दछ भने ग्राहकले प्रयोग गरिरहेको परम्परागत टिभि सेट र आधुनिक टिभि सेटमा एनटि टिभी हेर्न सकिन्छ ।
विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारकोप्याकेज छनौंट गरी सेवा लिन सक्नुहुनेछ । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेभसाईट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ ।