लालझाडी र पुनर्वास जोड्ने झोलुङ्गे पुल निर्माण

लालझाडी र पुनर्वास जोड्ने झोलुङ्गे पुल निर्माण

  • बुधबार, पुस १५, २०७७
  • डम्मर राज भट्ट

  • 18.4K
    SHARES

कञ्चनपुर, १५ पुष  ।  कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका दुई पालिका जोड्ने दोदा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । लालझाडी गाँउपालिका १ बिनबारी र पुर्नवास नगरपालिका २ अमरैया जोड्ने दोदा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।
स्थानीय सरकारको पहलमा दोदा नदीमा पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन । स्थानीयका अनुसार लालझाडी गाँउपालिकाको पहलमा पुल निर्माण भएको हो । पुल निर्माणसंगै स्थानीय हर्षित भएका छन । लालझाडीका स्थानीय पदम रानाले गाँउपालिका प्रमुख मदनसेन बडायकले चुनावमा जनतासंग गरेका बाचा पुरा गर्न लागेको बताए । स्थानीय रानाले भने, ‘लालझाडी गाँउपालिका प्रमुख ज्यूले उतिबेला हामीले राखेको माग सुने, आज पुरा गरेरै छाडे ।’ हामी लालझाडीबासीलाई पुनर्वास, बेलौरी, बेलडाँडी लगायत भारतीय क्षेत्रमा जानका लागि पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए ।
अर्का स्थानीय पार्वती सुनारले पुल निर्माणसंगै खोला तनुपर्ने बाध्यता हटेको बताए । ‘हामीलाई दैनिक कामकाज एव घरयासी कामका लागि यताउता जानुपर्दा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, ‘उनले भनिन, ‘आज त्यो हटेको छ ।’

No description available.
स्थानीय अगुवा गोपाल रेग्मीले पुल निर्माणसंगै स्थानीयको समाजिक आर्थिक एव साँस्कृतिक गतिबिधीमा सहजता आएको बताए । पूर्वाधार विकास कार्यालय मार्फत निर्माण भएको पुलको लम्बाई २सय मिटर रहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले झण्डै १करोड ९९लाख लागतमा पुल निर्माण भएको बताए । ‘पुल समयमै निर्माण भएको छ, ‘सूचना अधिकारी भट्टले ‘पुल निर्माण भएसगै स्थानीयलाई सहज भएकोछ ।’ लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले स्थानीय सरकारले दोदा नदीमा तीन पुल निर्माणका लागि संघीय सरकारमा प्रस्ताव माग गरेको बताउदै उनले सो पुल सहित जाँईसिकलपट्टीमा समेत निर्माण भएको बताए । ‘हामीले जनताको माग र चाहना अनुरुप पुल निर्माणका लागि माथिल्लो निकायमा प्रंस्ताव पेश गरेका हौँ, ‘उनले भने, ‘हाम्रो चुनावी प्रतिबद्धता पनि थियो, त्यही जगमा आज लालझाडी क्षेत्रमा पूर्वाधारका योजना अघि सारेका छौँ ।
No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ