के प्रधानमन्त्रीले आफ्ना विरोधी नेताको फोन ट्यापिङ गरेर जासुसी गरीरहेका छन् ?

के प्रधानमन्त्रीले आफ्ना विरोधी नेताको फोन ट्यापिङ गरेर जासुसी गरीरहेका छन् ?

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

पुष १५ काठमाण्डौं । नेकपा विभाजनसगैँ आरोप प्रत्यारोप बढीरहेका बेला प्रचण्ड माधव पक्षीय नेताहरुले प्रधानमन्त्री केपी ओलीले बिरोधी नेताहरुको फोन ट्यापिङ गरेर जासुसी गरीरहेको गंभीर आरोप लगाएका छन् ।
प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान आफ्नै मातहत राखे देखिनै बिरोध भने हुँदै आएको थियो ।
प्रधानमन्त्रीले फोन ट्यापिङ र रेकर्डिगं गर्ने गरेकाले गंभीर बिषयहरु फोनमा कुरा गर्न नहुने नेकपा प्रचण्ड माधव समुहका नेता वर्षमान पुनले बताए ।
सबै नेताको फोन ट्यापिङ हुन्छ, रेकर्डिङ हुन्छ, ‘त्यसैले सबै नेताले आफ्नो कन्फिडेन्सियल कुरा फोनमा र मोबाइलमा गर्नुहुन्न ।’पुनले भने ।
प्रतिनिधि सभा विघटन बिरुद्ध रोल्पामा भएको बिरोध सभालाई संवोधन गर्दै पुनले ओलीले पार्टीभित्रका साना विवादका कारण यत्रो कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिसको भ्रमण र पूर्वराजासँगको साँठगाँठ पछि संसद् विघटन भएको दाबी गरे ।
ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई रातारात आफ्नो मातहत राखेको, राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई नियन्त्रणमा लिएर सम्पत्ति छानबिन गर्दा तर्साउन थालेको दाबी पुनको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ