किराती लिम्बु समुदायको ‘चासोक तङ्नाम ५०८०’ आज

किराती लिम्बु समुदायको ‘चासोक तङ्नाम ५०८०’ आज

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

नेपालका आदिवासी किरात लिम्बू समुदायको महान चाड ‘चासोक तङ्नाम ५०८०’ बिबिध साँस्कृतिक पूजाआजा गरि देशभर मनाइँदै छ । घरमा भित्र्याइएको नयाँ अन्न बाली कुलदेवता यूमामा चढाईसकेपछि खानको लागि अनुमति लिने चलन छ ।

तङ्नामको अबसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ ९के० बजाएर केलाङ, याःलाङ, हाक्पारे, ख्याली, तुवा, ताम्के गाउँदै याक्वा सेवा गरिन्छ । पङ्लुङ, लितोङ जस्ता साँस्कृतिक खेलहरू पनि खेलाईन्छ । पछिल्लो समय चासोक तङ्नामको अबसरमा लिम्बू समुदायमा शुभकामना आदानप्रदान, आत्मीयता र सद्भाव साटासाट गरि मनाउने चलन पनि विकसित हुँदै गएको छ ।

प्रकृति पुजक लिम्बू समुदाले प्रकृतिको पूजा गर्दै, यो चाड धुमधाम मनाउने गर्दछन् । यसवर्ष ताप्लेजुङमा बिश्वब्यापी महामारी कोरोना भाईरस संक्रमणका कारण भब्य कार्यक्रम गरिएको छैन । स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गर्दै, सामान्य शुभकामना कार्यक्रम मात्र गरिने किरात याक्थुङ चुम्लुङ, ताप्लेजुङ कार्यबहाक अध्यक्ष डीबी पालुङ्वाले बताए ।

नेपालभरि किरात लिम्बू समुदायले चासोक तङ्नाम मनाउँछन् भने, राई र सुनुवार समुदायले यस चाडलाई साकेला (उँधौली) भनि मनाउने गर्दछन् । चासोक तङ्नामसँगै तमू समुदायले ल्होसार (नयाँ वर्ष) मनाउने गर्दछन् । यसै गरी नेवार समुदायको योमरी पुन्ही मनाईदैछ । आज नै नेपालभरि रहेका तमू समुदायले तमू ल्होसार मनाउँदै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ