रौतहटमा मातृका यादवको गर्जनः ओली देश र जनताको शत्रु

रौतहटमा मातृका यादवको गर्जनः ओली देश र जनताको शत्रु

  • मङ्लबार, पुस १४, २०७७
  • सन्जय सहनी

  • 11.1K
    SHARES

१४ पुस, रौतहट । रौतहटको सदरमुकाम गौरमा संसद विघटनको विरोधमा बिशाल प्रदर्शन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मंगलबार प्रदर्शन गरेका हुन।
नेकपाका पोलिट्ब्यूरो सदस्य एव केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा राइसमिलमा भेला भएका हजारौं नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् ।

No description available.
प्रदर्शनपछि विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीको मुखिया एवं सरदार रहेको बताए । ओली कुनैपनि हालतमा कम्युनिष्ट नभएको र कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाए ।

ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउदै उनले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पर्ने षड्यन्त्रमा लागेकाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताए ।ओलिले मानसिक संतुलन गुमाइ राजतन्त्र फर्काउने सपना देखेको त्यो पागलपन बाहेक केही होइन यादबले थपे।
विरोध प्रदर्शनमा पूर्वसांसदहरु रामकुमार भटराई, सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादवलगायत सहभागी थिए ।विशाल र्यालीले सदरमुकाम गौर अस्तब्यस्त भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ