भुक्तानी नपाई आन्दोलन सहमतिमा गयो भनेको सुने पछि एक किशानको हृदयघातका कारण निधन

भुक्तानी नपाई आन्दोलन सहमतिमा गयो भनेको सुने पछि एक किशानको हृदयघातका कारण निधन

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

पुष १४ सर्लाही । उखु किशानका पक्षमा चलिरहेको आन्दोलन भुक्तानी नदिई सम्झौता भएको सुने पछि हृदयघात भएका एक उखु किशानको निधन भएको छ ।
उखु किसान नारायण राय यादवको निधन भएको हो । उनले अन्नपूर्ण चिनी मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिन बाँकी छ ।
उनी माईतीघरमा आन्दोलनरत थिए । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार यादवलाई मंगलबार बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो ।

मंगलबार बिहान यादवले ुमलाई गाह्रो भयोु भनेर साथीलाई भनेपछि उनलाई अस्पताल लगिएको थियो । हेल्पिङ ह्यान्ड्सका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।

उखु बेचेको भुक्तानी माग गर्दै उनी पनि माइतीघरमा आन्दोलन गरिरहेका थिए । उनलाई गएराति एक्कासी हृदयघात भएको थियो ।

संघर्ष समितिले सोमबार सरकारसँग ४ बुँदे सहमति गरेपछि मगलबारदेखि आन्दोलन स्थगित भएको छ । यसअघि सरकारबाट धोका खाएका किसानहरु अहिले पनि रकम पाउनेमा विश्वस्त थिएनन् ।
उखु किसान संघ नवलपरासीका महासचिव गोपाल यादवले सरकारसँग क्षतिपूर्ति माग्ने र चिनी उद्योगले नारायण राय यादवलाई तिर्न बाँकी रकम तत्काल तिर्नका लागि पहल गरिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ