ओलीले संवैधानिक व्यवस्थामाथि खड्का प्रहार गरे, चुनाव जीतेर ठूलो पार्टी बन्ने काँग्रेसले आश नगरे हुन्छः भट्टराई

ओलीले संवैधानिक व्यवस्थामाथि खड्का प्रहार गरे, चुनाव जीतेर ठूलो पार्टी बन्ने काँग्रेसले आश नगरे हुन्छः भट्टराई

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 29.3K
    SHARES

पुष १२ काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले संवैधानिक व्यवस्थामाथि खड्ग प्रहार गरेको टिप्पणी गरेका छन् ।
बयलगाडा चढेर अमेरीका पुगिदैन भन्ने ओलीले चुनावको घोषणा गरेर बिषको भाँडोमा अमृत हालेको पनि भट्टराईको तर्क छ ।
उनले ओलीले चुनाव नगर्ने दाबी गर्दै चुनाव होला र ठूलो पार्टी बनौला भनेर आश नगर्न काँग्रेसलाई चेतावनी दिए ।
काँग्रेसले ढुलमुले चरित्र देखाएको प्रति टिप्प्णी गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले सम्झना गराए ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदम बिरुद्ध शसक्त विद्रोह गरेर संसद पुनस्थापना गर्ने भट्टराईले बताए । ओलीले खल्तीका मान्छे लगेर सबै संस्थामा राखेको भन्दै अब सडक आन्दोलनको विकल्प नरहेको पनि उनले बताए ।

यसैगरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि ओलीले प्रतिगमन गरेकाले यसलाई सडकबाट नै प्रतिरोध गर्ने चेतावनी दिए ।
शान्तिबाटिकामा सभा गर्नु अघि जसपाले र्याली निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ