ईन्फ्रास्ट्रक्चर बैंकको आईपिओका लागि बोर्डको अनुमति, यसपाली कसैको हुँदैन हात खाली

ईन्फ्रास्ट्रक्चर बैंकको आईपिओका लागि बोर्डको अनुमति, यसपाली कसैको हुँदैन हात खाली

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

पुस १२, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । पछिल्लो समय आईपिओमा लगानीकर्ताको आकर्षण र चाप बढेका बेला हाल सम्मकै सबै भन्दा ठूलो आईपिओ जारी हुन लागेको छ ।
कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न पुस १० गते बोर्डबाट अनुमति पाएको हो । उक्त कम्पनीले उक्त आईपीओ विक्रीको अनुमति माग्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो ।

हाल उक्त कम्पनीको चुक्तापूँजी रू। १२ अर्ब रहेको छ । आईपीओ पश्चात यो पूँजी रू। २० अर्ब पुग्नेछ । कम्पनीको अधिकत पूँजी रू ४० अर्ब र जारी पूँजी रू २० अर्ब रहेको छ । यस बैंकले हालसम्मकै ठुला कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार उक्त कम्पनीको जगेडा कोषमा रू १ अर्ब ८१ करोड ४७ लाख ६ हजार सञ्चित रहेको छ । यो अवधिमा कम्पनीको नाफा रू १८ करोड १ लाख १३ हजार छ । कम्पनीको कुल सम्पत्ति रू १४ अर्ब २३ करोड ४ लाख ४६ हजार छ ।
यस अघि आईपिओमा रहँदै आएको चाप र आधा जसो आवेदकको हात खालीहुने गरेकोमा यो पटक यस बैंकको आईपिओमा भने कसैको हात खाली नहुने देखिएको छ । न्युनतम शेयर सबै आवेदकले पाउने लगभग निश्चित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ