ओली पक्षमा लागेर मन्त्री भए लगत्तै रायमाझी बोल्न थाले एमसीसीको पक्षमा

ओली पक्षमा लागेर मन्त्री भए लगत्तै रायमाझी बोल्न थाले एमसीसीको पक्षमा

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

पुष १२ काठमाण्डौं । नेकपाको विभाजन पछि ओली समुहमा लागेर उर्जामन्त्री बने लगत्तै पूर्व माओवादी नेता टोप बहादुर रायमाझी एमसीसीको पक्षमा बोल्न थालेका छन् ।
आज पद बहाली गर्दै मन्त्री रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको दावी गरे ।
एमसीसीको चौतर्फी बिरोध पछि संसदबाट पारित हुन सकेको थिएन भने नेकपा भित्रनै पनि बनेको कार्यदलले संसोधन पछि मात्रै पारित गर्नु पर्ने सुझाव दिएको थियो ।
मन्त्री रायमाझीले एमसीसीका बारेमा विवाद गर्नु भन्दा पनि कार्यन्वयनमा सहयोग गर्नु पर्ने बताए ।
रायमाझी अघि प्रतिनिधि सभाको विघटन हुँदा सम्म पूर्व माओवादी नेता वर्षमान पुन उर्जामन्त्री रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ