पुष १२ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको नाममा सरकारी नेकपाका युवा संघ गोर्खाका अध्यक्ष अशोक शर्मा भट्ट र जनता समाजवादी पार्टी आवद्ध गुल्मीका गणेँश कुँवर सहितको सहुमले बुढानिलकण्ठ नगरपालिका स्थित मण्डिखाटारमा रहेको मनोहरराज घिमिरेको घरमा तोडफोड गरेको पुष्टी भएको भन्दै नेकपाले चेतावनी जारी गरेको छ ।
नेकपाका काठमाण्डौं जिल्ला सेक्रेटरी पवनले एक विज्ञप्ति जारी गरी ७६ साल फागुण १६ गते उनको घर र गाडीमा आक्रमण गरिएको घटनामा पार्टीको नाम जोडेर बदनाम गरिएको भन्दै चेतावनी दिएका हुन् ।
यो घटनामा केही व्यवशायी भनिनेहरु समेत संलग्न रहेको अनुसन्धानमा खुलेको पवनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक लाभ उठाउने मनशायले यस्ता घटना भएको भन्दै तत्काल पार्टीमा आएर क्षमायाचना गर्न अन्यथा कडा जनकार्बाही गर्ने चेतवनी विज्ञप्तिमा दिईएको छ ।
