प्रदेश १ मा मुख्यमन्त्री राई बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित

प्रदेश १ मा मुख्यमन्त्री राई बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

पष १२ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा प्रारम्भमा ३७ जना सांसदले हस्ताक्षर गरेको स्रोतले जनाएको छ । अन्य सांसदहरुले पछि हस्ताक्षर गर्ने बुझिएको छ ।
नेकपाको प्रचण्ड माधव पक्षले दर्ता गराएको प्रस्तावमा मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित गरिएको छ ।
आज संसद सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वको टोली संसद सचिवालय पुगेको थियो ।
उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनु भएको छ ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।
यस अघि हिजो मुख्यमन्त्री राईले अर्थमन्त्री ईन्द्रलाई बर्खास्त गरेका थिए भने आज एक मन्त्री र दई राज्यमन्त्रीले राजीनामा दिएका थिए ।
यसैबीच, प्रदेश १ सभाको हिउदे अधिवेशन माघ ७ गते दिउसो बोलाउने निर्णय सरकारले गरेको छ । यो प्रस्ताव प्रदेश प्रमुख समक्ष सिफारीस भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ