पुष ११ काठमाण्डौं । हुम्लाबाट बागी उठेर पनि चुनाव जित्न सफल छक्क बहादुर लामाले ओली पक्षमा नरहेको घोषणा गर्दै प्रचण्ड माधव तिरै जाने घोषणा गरेका छन् । स्रोतका अनुसार ओलीले मन्त्री बनाउने आस्वासन दिए पछि छक्क बहादुर पुष ६ गते ओली समुहमा लागेका थिए ।
तर हिजो मन्त्रीमण्डल पुनर्गठनमा प्रचण्ड छाडेर जाने पाँच जनालाई मन्त्री बनाउदा पनि छक्कले कुनै स्थान पाएनन् ।
त्यस पछि आज विज्ञप्ति नै जारी गरेर लामाले आफूलाई ओली पक्षको केन्द्रीय समितिमा मनोनयन गरेकोमा धन्यवाद भन्दै त्यो परित्याग गरी नेकपा प्रचण्ड नेपाल पक्षमा रहेको कार्यकर्ता र हुम्ली जनतालाई जानकारी दिएका छन् ।
ओली पक्षका डेढ दर्जन बढी केन्द्रीय सदस्यले पद अस्वीकार गरीसकेका छन् । प्रचण्ड पक्षका केही नेतालाई लगेर ओलीले मन्त्री समेत बनाईदिएका छन् । अहिले नेताहरु तानातानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline