पुष ११ काठमाण्डौं । पार्टी भित्रको विवादको रिस फेर्न प्रधानमन्त्री केपी ओलीले संसद नै भंग गरे पछि अहिले त्यसको चौतर्फी बिरोध जारी छ । सडकमा नागरिक आन्दोलन शुरु भएको छ भने राजनीतिक दलहरुको प्रदर्शन पनि जारी छ ।
आज प्रतिगमन बिरुद्ध बृहत नागरिक आन्दोलनका नाममा भेला भएका प्रदर्शनकारीले अनुहारमा राष्ट्रप्ति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरलाई ब्यग्य गरेर बनाईएको फेससिल्ड सहित प्रदर्शन गरे ।
उनीहरुले पुत्ला समेत प्रदर्शन गर्नुका साथै शंख समेत बजाएका थिए ।
उनीहरुले बोकेको प्लेकार्डमा समृद्धिको यात्रा, ओलीको गाईजात्रा जस्ता नारा लेखेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline