पाथीभरा क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन, मन्दिरसम्म नै पुग्ने सम्भावना

पाथीभरा क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन, मन्दिरसम्म नै पुग्ने सम्भावना

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

ताप्लेजुङ, ११ पुस । ताप्लेजुङको पाथीभरा फेदीको बस्तीदेखि करिब ३ किलोमिटर पूर्वको जंगलमा डढेलो लागेको छ ।प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ ।

यो मन्दिरसम्म नै पुग्ने सम्भावना रहेको माथिल्लो फेदीका बासिन्दाले बताए । माथिल्लो फेदीको बस्ती भने डढेलोको जोखिममा नरहेको स्थानीय प्रशासनले बताएको छ । यो क्षेत्रमा बिहीबारदेखि नै डढेलो लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले नियन्त्रणमा लिएपनि शुक्रबार रातिबाट फेरि डढेलो सुरु भएको हो ।

चिसोका कारण धेरै होटल तथा लज बन्द भएको र जनशक्ति कम भएका कारण आगो नियन्त्रणका लागि समस्या प्रहरीले जनाएको छ ।
आगो बढ्दै गए पाथीभरा जाने पैदलमार्गमा पर्ने एउटा धर्मशाला र चौतारा, फलैंचा जोखिममा रहेको माथिल्लो फेदीका आशिस मिश्रले बताए ।

नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट टोली परिचालन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कर्मचारी नविन निरौलाले जानकारी दिएका छन् ।

गो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली पनि सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ