मिनि ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

मिनि ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

मोरङ,पौष ११ । सुनसरी दुहबी-१२ स्थितमा बस्ने ५२ बर्षीय रामफल माझीको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ ।

शुक्रबार बेलुका सवा ६ बजे बिराटनगर-४ कंचनबारी स्थितमा को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको  स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक माझी गम्भिर घाईते भएका थिए । घाईते माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक मोरङ बुढीगंगाका ३८ बर्षीय प्रेम न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ

झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा मेचीनगर-१ स्थितमा बस्ने ३१ बर्षीया हेमा गणेश रहेकी छन ।

उनलाई शुक्रबार अपरान्ह ४ बजे नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । विशेष सुराकका आधारमा नियन्त्रणमा लिई उनि उपर चेकजाँच गर्दा २८ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । उनि उपर कानुनी कारबाही अगाडी बढाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ