भलिबलका मुख्य प्रशिक्षक सुदेश रिमालको मृत्यु

भलिबलका मुख्य प्रशिक्षक सुदेश रिमालको मृत्यु

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

पुस ११, काठमाडौँ । नेपालको राष्ट्रिय खेल भलिबलका मुख्य प्रशिक्षक सुदेश रिमालको निधन भएको छ ।

भलिबलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी समेत रहेका उनलाई भक्तपुरस्थित निवासमा सोमबार ब्रेन ह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा ५६ वर्षे रिमालको शुक्रबार निधन भएको पुष्टि गरिएको छ ।

पर्साको वीरगन्जमा जन्मिएका रिमाल दोस्रो पुस्ताका भलिबल खेलाडी थिए । २०४० सालपछि करिब एक दशक राष्ट्रिय टोलीका सदस्य रहेका रिमालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए ।

रिमालले २०४२ सालमा वीरगन्जमा आयोजित तेस्रो राष्ट्रिय खेलकुदमा नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका उनी ओपन स्पाइकरको पोजिसनबाट खेल्थे ।

खेलाडी जीवनपछि २०५० सालबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रशिक्षकको जिम्मेबारी सम्हालेका रिमाल सन् २०१६ देखि २०१८ सम्म परिषद् प्रमुख भलिबल प्रशिक्षकसमेत रहे ।

सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पुरुष भलिबलमा नेपालले १५औं स्थान हासिल गर्दा उनी प्रमुख प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यसअघि सन् २०१६ मा भारतमा भएको १२ औं

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कांस्य पदक जित्दा उनी प्रमुख प्रशिक्षक नै थिए ।

हाल रिमाल पछिल्लो दुई वर्षदेखि राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा कार्यरत थिए । उनी गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा बिच भलिबल टोलीको मुख्य प्रशिक्षक थिए । बिच भलिबलमा नेपालले कांस्य पदक जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ