वीरगञ्ज,पुष १० । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले शुक्रबार एक कार्यक्रमको बिच विद्यार्थीलाई साईकल बितारण गर्नुको साथै स्वास्थ्यचौकीकोे उद्घाघाटन र स्वास्थ्य स्वयंसेविकालाई आवश्यक सामग्री बितारण गरेका छन ।
पर्साको पर्सागढी नगरपालिका वाडा नम्बर ५ पञ्चरुखीमा पुगेका सांसद यादवले एक कार्यक्रमको बिच नेपाल आधारभूत बिद्यालय पञ्चरुखीका कक्षा (८ मा अध्यनरत छात्रा विद्यार्थीलाई साईकल बितरण गरेको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले बताए ।
यसैगरी सासंद यादवले स्वास्थ्यचौकीको उद्घाटन गर्नुको साथै ७ जना स्वास्थ्य स्वयंसेविकालाई एक एक थान मोबाइल फोन , छाता र लाईट समेत बितरण गरिएको सचिव अहमदले जानकारी दिए ।
पञ्चरुखीमा रहेको कक्षा ८ सम्मको बिद्यालयलाई स्तरउन्नति गरी कक्षा १२ सम्म पूर्यईने सांसद यादवले बताए िस्वास्थ्य संसस्थामा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वास्थ्य स्वयंसेविकाहरूको प्रसंसा सांसद यादवले गरे ।
एक फरक प्रसंगमा बोल्दै सांसद यादवले सरकार गरेको संसद विघटनलाई हामीले सशक्त प्रतिबाद गर्ने बताए । उनले सभामुख पुन संसद बैठक बोलाउनु पर्ने धारणा ब्यक्त गरे । संविधानले सरकारलाई संसद विघटनको अधिकार नै नदिएकोले आफ्नो स्वार्थ पूर्तीको लागी मात्र संसद विघटन गरेको बताए ।
कार्यक्रममा करिमा बेगम, भिमा यादव, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, सदस्य अशोक यादव, प्रधानाध्यापक राम अशीश यादव लगायतकाको सहभागीता रहेको थियो ।