नगरसभाको आठौँ अधिवेशन शुरु

नगरसभाको आठौँ अधिवेशन शुरु

  • शुक्रबार, पुस १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

लुम्बिनी, १० पुस । बुटवल उपमहानगरपालिकाको नगरसभाको आठौँ अधिवेशन आजदेखि शुरु भएको छ । सो अवसरमा नगरप्रमुख तथा नगरसभाका सभाध्यक्ष शिवराज सुवेदीले सबल आर्थिक केन्द्र र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्ने गरी उपमहानगर केन्द्रित रहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय राजनीतिमा आउने उतारचढाव, सङ्घीय संसद्का घटनाक्रमले स्थानीय पालिकाको कार्य सञ्चालनमा कुनै पनि प्रकारको प्रभाव नपर्ने स्पष्ट पार्दै समृद्ध बुटवल खुशी बुटवलवासीको संकल्प साकार पार्न सबै नगरसभाका सदस्य एकताबद्ध रहेको प्रष्ट पार्नुभएको थियो । बैठकमा अनुगमन समितिका संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले विभिन्न विषयका कार्यसूचि प्रस्तुत गनुर््भयो । उहाँले अनुगमन तथा मूल्याङ्कनसम्बन्धी ऐन, २०७५ मा संशोधन प्रस्ताव टेवुल गर्नुभएको छ ।

यस्तै पूर्वाधार विकास समितिका संयोजक तथा उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाका लागि पाँच प्रतिशत धरौटी राख्ने व्यवस्था हटाउनेसम्बन्धी प्रस्ताव टेबुल गर्नुभएको छ । बैठकमा आर्थिक विकास समितिका संयोजक तथा नगरसभाका सभासद् टङ्क पराजुलीले बुटवल उपमहानगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ को प्रस्ताव पेश गर्नुभएको नगरसभाका सदस्य सचिव तथा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

नगरसभामा लेखा समितिका संयोजक कृष्णप्रसाद भुसालले महालेखा परीक्षकबाट प्राप्त अन्तिम लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सामाजिक विकास समितिका संयोजक सीता थापा आचार्यले बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७५, मा संशोधन प्रस्ताव नगरसभाको बैठकमा पेश गर्नुभएको छ । नगरसभाका सदस्य तथा उपमहानगरको सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक महेन्द्रप्रसाद लिगले नगरको स्वास्थ्य संरचनाको दरबन्दी तथा अन्य दरबन्दी प्रस्ताव टेबुल गर्नुभएको छ । शुक्रबारको बैठकमा टेबुल भएका विभिन्न सातवटा प्रस्तावमा नगरसभाका सदस्यले राय सुझावसहित आफ्ना भनाइ राख्नेगरी समय तालिका र सचिवालय व्यवस्थापन गरिएको छ । नगरसभाको आठौँ अधिवेशनको अर्को बैठक शनिबार बस्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ