काठमाडौं, १० पुस । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद काठमाडौंले तार्केश्वर नगरपालीका १ (साविकको साङ्ला ६ ‘क’) मा रहेको १ रोपनी १४ आना जग्गा बिक्रि वितरण नगर्न चेतावनी दिएको छ । जनपरिषद्ले साविक कित्ता नम्बर ७९८ र ७९४ को सुरेश ढकालको स्वामित्वमा रहेको उक्त जग्गा भूमाफियाको चलखेलमा प्लटिङ गरेर बिभिन्न व्याक्तिको नाममा बेचबिखन गरेको पाईएकाले जग्गाधनीले वास्तबिक न्याय नपाएसम्म उक्त जग्गा बिक्रिवितरण, थप कित्ताकाट र संरचना निमार्ण गर्न नपाईने जनाएको छ ।
जग्गा धनी ढकाल र काठमाडौं शान्तिनगरका राम बहादुर श्रेष्ठ संयुक्त कम्पनी सन्चालनका लागि रिण निकाल्न सो जग्गा एनआईसि एसिया बैंकमा धितो राखिएको थियो । तर श्रेष्ठले कम्पनीको हिसाव किताबमा समेत ढकाललाई पिडित बनाएको र एकल भूमाफियाको चलखेलमा जग्गा हडप्ने प्रपन्च रचि एनआइसि एसिया बैंक र मन्जुश्री फाइनान्ससँगको मिलेमत्तोमा धितो लिलाम गरेलगत्तै उनकै ज्वाई सुरज श्रेष्ठको नाममा लिलाम सकारेर कित्ताकाट गरि प्लटिङ गरेर बिक्रि गरेको पाईएकाले जनपरिषद्ले जनाएको छ । ।
शुक्रवार उक्त जग्गामा व्यानर टागेर वास्तविक जग्गाधनीले ढकालले वास्तविक न्याय नपाएसम्म वा न्यायोचित स्वामित्व निरुपण नभएसम्म किनबेच, थप कित्ताकाट र संरचना निर्माण गर्न समेत जिल्ला जनपरिषद काठमाडौंले बन्देज लगाएको जनाएको छ ।
उक्त जग्गा बैंकबाट सरज श्रेष्ठको नाममा लिलाम सकारेर कित्ताकाट गरि सपना उंगौल, लक्ष्मि अधिकारी, कृष्णहरी थापा, निर कुमार मोक्तान,लक्षमण तामाङ, हरिमाया तामाङ लगायतको नाममा बिक्रि गरिएको र बाकीँ रहेको जग्गा परिषदले जारि गरेको निर्देशनात्मक जानकारीलाई व्यावस्था गरि जग्गासँग सम्बन्धित कुनै गतिविधि गरेको पाईएमा त्यस्तो गतिविधि गर्नेहरुलाई जनकार्वाहि गर्ने समेत चेतावनी दिएको छ । साथै उक्त जग्गाको न्यायेचित निरुपणका लागि जग्गासँग जोडिएका सम्पूर्ण व्याक्तिहरु र बैंक, सहकारी वा आधिकारीक व्याक्तिहरुलाई जिल्ला जनपरिषदको सम्पर्कमा तुरुन्त आउन पनि भनिएको छ ।
