प्रहरीलाई छक्याएर रौतहटमा जलाइयो प्रधानमन्त्री र रास्ट्रपतिको पुत्ला(भिडियो सहित )

प्रहरीलाई छक्याएर रौतहटमा जलाइयो प्रधानमन्त्री र रास्ट्रपतिको पुत्ला(भिडियो सहित )

  • शुक्रबार, पुस १०, २०७७
  • सन्जय सहनी

  • 6.9K
    SHARES

पुस १० रौतहट । जनता समाजवादी पार्टी नेपाल रौतहटका कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार सदरमुकाम गौरमा पुलता दहन गरेका छन् ।
पुष ५ मा कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको हो ।
घोषित कार्यक्रम सम्पन्न गर्न मधेशी क्रान्ति चौकमा जसपाका नेता कार्यकर्ताहरु भेला थिए। पुतला जलाउन नदिने उदेश्यले बाक्लो रुपमा प्रहरी तैनाथ गरिएको थियो । कुनै हालतमा पुत्ला जलाउन नदिने प्रहरीको योजना थियो। तर प्रहरीले सोचेको कुरा पुरा हुन नदिन जसपाका युवा नेता श्याम विहारी यादवले प्रहरी रहेको ठाउ देखि ५० मिटरको दुरीमा पुत्लामा आगो लगाएर नारावाजी गर्न थाले । जलिरहेको पुत्ला निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दौडेर आए पनि प्रयास सफल हुन सकेन।केपि ओलि देश छोड ,बिद्या भण्डारी मुर्दावाद भन्दै पुत्ला जलाउदै जसपा नेताहरुले पुत्ला जलाउदै आक्रोश पोखे।
पुतला दहन पश्चात आयोजित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य एवं जिल्ला इन्चार्ज ब्रिज कुमार यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रको नेकपा सरकारले समाप्त पार्ने सड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाउनु भएको छ ।
नेता यादवले आन्दोलनको बल आएको संघियता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको जिकिर गरे । कम्युनिस्ट पार्टीले संघियता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा गरे ।
प्रदेश सदस्य यादवले जसपाका आन्दोलनमा सहभागी हुन अपील समेत गरे ।कार्यक्रममा जसपा रौतहटको दर्जनौं नेता कार्यकर्ताको उपस्थिति थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ