प्रभु लाईफको आईपिओ आज गोलाप्रथाबाट बाडिँने, आधा आवेदकको हात रित्तो हुने

प्रभु लाईफको आईपिओ आज गोलाप्रथाबाट बाडिँने, आधा आवेदकको हात रित्तो हुने

  • शुक्रबार, पुस १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

पुष १० काठमाण्डौं । पछिल्लो समय शेयरबजारमा आकर्षण बढेसगैँ आईपिओ खरीदमा पनि मानिसहरुको ह्वात्तै आवेदन बढन थालेको छ । त्यसै सन्दर्भमा हाल सम्मकै सबै भन्दा धेरै आईपिओ आवेदन परेको प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीको आईपिओ नतिजा आज गोलाप्रथाबाट वितरण गर्ने तयारी भएको छ ।
बिहान ११ बजे पछि बिक्री प्रवन्धक सिद्धार्थ क्पापिटलको कार्यलयमा बाँडफाटको तयारी भएको छ ।
कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५।४२ गुणा बढी हो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् छन् भने बाँकी अर्थात ५०.१० प्रतिशत आबेदकको हात खाली हुनेछ ।
यो आईपिको पछि कम्पनीको चुक्तापुजी २ अर्बको हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ