हत्याको आरोपमा झापाबाट २ जना पक्राउ

हत्याको आरोपमा झापाबाट २ जना पक्राउ

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

झापा, पौष ९ । झापाको मेचीनगर नगरपालिका-९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान, ब्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् ।
यही पौष ३ गते आफ्नै घर अगाडी मृत फेला परेका स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौतमको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
मृत फेला परेका गौतमको शरिरमा बिभिन्न निल डाम तथा चोटपटक रहेको देखि गम्भिर रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको हो भने पक्राउ परेका दुबै जनाले घटनामा आफ्नो संग्लग्नता रहेको साबिती बयान दिएसंगै निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साथै निजहरुले घटना घटाउन प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले लगाएका कपडा समेत बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ