सबै सच्चा कम्युनिष्टबीच एकता आवस्यक प्रचण्ड, ओलीले गरेको संसद विघटन राजाको जस्तै प्रतिगामीः नेपाल

सबै सच्चा कम्युनिष्टबीच एकता आवस्यक प्रचण्ड, ओलीले गरेको संसद विघटन राजाको जस्तै प्रतिगामीः नेपाल

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

पुष ९ काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन सफल हुन नदिने बताएका छन् ।
आज पार्टीको बैठक पछि बल्खु कार्यलय पुगेका प्रचण्डले मदनभण्डारीको शालिकमा माल्यार्पण गरे पछि त्यस्तो प्रतिकृया दिएका हुन् ।
प्रचण्डले सबै सच्चा कम्युनिष्टहरुबीच एकता जरुरी रहेको पनि बताए ।
यस्तै नवनिर्वाचित अध्यक्ष माधव कुमार नेपालले ओलीले गरेको संसद विघटन राजाको जस्तै प्रतिगामी कदम भएकाले सबै देशवासीले बिरोध गर्नु पर्ने बताए ।
उनले नेकपाको मुल धार आफूहरुसगँ रहेको पनि स्पष्ट पारे । ओलीले संविधान विपरीत संसद भंग गरेकाले त्यो स्वीकार गर्न नसकिने बताए ।
बल्खु कार्यलयको निरीक्षणमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र अमृत बोहरा पनि पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ