ब्रोकर कमिसन घटाउँदै बोर्ड

ब्रोकर कमिसन घटाउँदै बोर्ड

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ ।

बोर्डमा आज केही आर्थिक पत्रकारसँग कुरा गर्दै अध्यक्ष भीष्मराज ढुङ्गानाले सो महत्वपूर्ण दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै उहाँले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सही सूचना सम्प्रेषण भएमात्र बजारको दिगो विकास हुन्छ, यसअर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ ।”

सो अवसरमा अध्यक्ष ढुङ्गानाले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिनुभयो । हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०।६ प्रतिशतदेखि ०।४ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था छ । लगानीकर्ताले रु ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०।६ प्रतिशत र रु ५० हजारदेखि रु पाँच लाखसम्मको कारोबारमा ०।५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै रु पाँच लाखदेखि रु २० लाखसम्मको कारोबारमा ०।५ प्रतिशत, रु २० लाखदेखि रु एक करोडसम्मको कारोबारमा ०।४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०।४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।

लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र अनुमति पाउने भएको छ । बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ