ओली समुहले तोक्यो सातै प्रदेशमा समन्वय गर्ने नेता, प्रचण्डको जिम्मेवारीमा कटौती

ओली समुहले तोक्यो सातै प्रदेशमा समन्वय गर्ने नेता, प्रचण्डको जिम्मेवारीमा कटौती

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

पुष ९ काठमाण्डौं । विभाजित नेकपाको ओली समुहले प्रचण्डको कार्यकारी जिम्मेवारी कटौती गरेको छ । औपचारीक रुपमा अलग अलग बैठक बसिरहे पनि आफू आधिकारीक भएको देखाउने रणनीति अनुसार प्रचण्डलाई स्थायी समिति र सचिवालयको जिम्मेवारी बहन गर्न नसकेकाले केन्द्रीय सदस्य मात्र राखिएको एक नेताले बताए ।
यसै गरी ओली समुहले सातै प्रदेशमा समन्वय गर्न नेता खटाएको छ ।
जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।

बैठकमा बोल्दै ओलीले आफूहरु बिरुद्ध आन्दोलन गर्न प्रचण्ड माधव पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा जनआन्दोलन समिति बनाएको प्रति व्यग्य गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ