आफ्ना सबै समुह छाडेर एक्लै ओलीतिर लागेका बादलले भने, संसद पुनस्थापना स्याल हुँईया

आफ्ना सबै समुह छाडेर एक्लै ओलीतिर लागेका बादलले भने, संसद पुनस्थापना स्याल हुँईया

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

पुष ९ काठमाण्डौं । गृहमन्त्री भए देखि नै ओली पक्षमा लागेका पूर्व माओवादी नेता राम बहादुर थापा आज खुलेर ओली पक्षमा उभिएका छन् ।
उनी हिजो सम्म मध्यमार्गमा रहेका थिए । उनले आज बालुवाटारमा ओली समुहको बैठकलाई संवोधन गर्दै बहुमत संसद र केन्द्रीय सदस्य रहेको नेकपालाई सानो गुट र अवसरवादीको संज्ञा दिदै संसद पुनस्थापना हुन्छ भन्ने स्यालहुँईया मात्र भएको बताए ।
उनले अवसरवादीहरुलाई पाखा लगाउनु पर्ने अभिव्यक्ति समेत दिएका थिए ।
यसैबीच, बादलले आफ्ना समुहका देव गुरुङ, पम्फा भुषाल , पथिक सहित कुनै पनि केन्द्रीय सदस्य समेत आफूसगँ लान सकेनन् ।
उनी एक्लै ओलीतिर उभिएका छन् भने उनको समुहमा रहेका सबै नेताहरु प्रचण्ड माधव पक्षतिर लागेका छन् । बादल समुहका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बादल कुर्सीको लोभमा ओलीतिर लागेको दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ