पुष ९ काठमाण्डौं । प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपाले पार्टीको महासचिवमा सुरेन्द्र पाण्डेलाई चयन गर्ने संभावना बढेको छ ।
प्रतिस्पर्धामा भीम रावल, पाण्डे, वर्षमान पुन र जनार्दन शर्मा रहे पनि अन्ततः पाण्डेको नाममा सहमति जुटेको स्रोतले जनाएको छ ।
आजै १ बजे पछि बस्ने बैठकले पाण्डेको नाम अनुमोदन गर्ने एक नेताले दाबी गरे ।
आजै उता ओली समुहको पनि बैठक दिउसो १ बजे बस्दै छ ।
नेकपा विभाजन पछि दुबै समुह पार्टीको नाम, चुनाव चिन्ह र आधिकारीकताको दाबी गर्दै नेता कार्यकर्ता तानातान गर्न सक्रिय रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline