कुन नेकपा आधिकारीक ? निर्वाचन आयोगले छानविन गरेर टुंगो लगाउने

कुन नेकपा आधिकारीक ? निर्वाचन आयोगले छानविन गरेर टुंगो लगाउने

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.1K
    SHARES

पुष ९ काठमाण्डौं । हालै विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै पक्षले आफू आधिकारीक भएको भन्दै निर्वाचन आयोगमा मागदावी पेश गरेका छन् ।
ओलीले एकलौटी ५५६ जना केन्द्रीय सदस्य थपेर ११९९ जना आयोजक समिति बनाएको भन्दै निर्वाचन आयोगमा आधिकारीकता दाबी गरेको छ ।
त्यस्तै प्रचण्ड माधव नेपाल पक्षले पहिलाको केन्द्रीय समितिको पूर्ण बहुमत रहेको र त्यसले पार्टी अध्यक्ष ओलीलाई कार्बाही गरेको भन्दै आधिकारीकताका लागि दाबी गरी निर्वाचन आयोगमा पत्र बुझाएको छ ।
अब निर्वाचन आयोगले सामान्य प्रचलन अनुसार विद्यमान केन्द्रीय समितिको बहुमत प्राप्त दललाई आधिकारीकता दिने रहेको छ ।
यस्तो स्थिति देखिए ४४१ जना मध्य २८७ जनाको हस्ताक्षर सहित कागजात पेश गरेको प्रचण्ड माधव नेतृत्वको नेकपा आधिकारीक हुनु पर्ने हुन्छ ।
तर शक्तिको प्रभावमा परेर ओली नेतृत्वको नेकपालाई नै आधिकारीकता दिन कसरत र चलखेल हुन सक्ने प्रचण्ड माधव पक्षका नेताको आशंका रहेको देखिन्छ ।
त्यसैले उनीहरु निरन्तर खबरदारी गरीरहेका छन् ।
सामान्य प्रचलन हेर्दा पार्टी विभाजन अघिको वा पुष ७ भन्दा अघिको केन्द्रीय समितिको संख्यालाई आधार बनाउनु पर्ने बताईन्छ । त्यो स्थिति आए प्रचण्ड माधव नेतृत्वको नेकपा नै आधिकारीक हुनेछ । साथै संसदीय दलमा समेत १७४ जना मध्य ९३ जना सांसद प्रचण्ड नेपालको पक्षमा देखिएका छन् । यसरी हेर्दा पनि नेकपा प्रचण्ड माधवको हुनु पर्ने दावी ती पक्षका नेताहरुको छ ।
तर निर्वाचन आयोगले भने अध्ययन र छानविन पछि निर्णय दिने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ