हतियार सहित २ जना पक्राउ

हतियार सहित २ जना पक्राउ

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

सुनसरी, पौष, ८ गते । सुनसरीको कोशी गाऊँपालिका(८ भाण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो।मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको २ थान मोटरसाईकल र २ थान मोवायल समेत बरामद गरेको छ । हातहतियार सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा मुलुकी अपराध ९संहिता० ऐन(२०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रकृया अगाढी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कुटपिट तथा हत्यामा संग्लग्न २ जना पक्राउ

सुनसरी, पौष, ८ गते । सुनसरीको कोशी गाउँपालिका(३ का ८० बर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । आज बिहान राती अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले कुटपिट गरेको र सोही कारणले दासको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मुखिया र मल्लाहको संग्लग्नता रहेको भन्ने जानकारी पाएसंगै दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ