बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै मेस्सीले तोडे पेलेको कीर्तिमान

बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै मेस्सीले तोडे पेलेको कीर्तिमान

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी, ८ पुस । लियोनल मेस्सीले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् ।बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् ।

स्पेनिस ला लिगा फुटबलमा मंगलबार बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे ।
मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । पेड्रीको ब्याकहिल पासमा मेस्सीले क्लबका लागि तेस्रो गोल गरेका थिए ।
मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए । ३५ औं मिनेटमा मार्टिन बे्रथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाउने काम गरे । ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो ।

ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ ।

गत अगष्टमा उनले क्लब छाड्न चाहेको उल्लेख गर्दै क्लबसंग अनुमती माग गरेका थिए । तर क्लबले उनलाई लैजान ७ सय मिलियन युरो रकम तिर्नुपर्ने बताएको थियो ।
गत हप्तामात्र मेस्सीले समर ट्रान्सफरमा आफ्नो लागि निकै खराब समय रहेको बताएका थिए ।

मंगलबार राति मेस्सीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदा बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ