बेलायतबाट नेपालमा उडान र यात्रु आगमनमाथि रातिबाटै प्रतिबन्ध, कार्गो उडान र बेलायत जान भने पाईने

बेलायतबाट नेपालमा उडान र यात्रु आगमनमाथि रातिबाटै प्रतिबन्ध, कार्गो उडान र बेलायत जान भने पाईने

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

पुस ७, काठमाडौं । नेपालले बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाएको छ । बेलायतमा कोराना स्वरुप फेरिएको भाइरस संक्रमण तीव्र भएसँगै प्रतिबन्ध लगाईएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनु भयो । बेलायतबाट कुनै पनि वायुसेवाले बुधबार राति ११ बजेर ५९ मिनेटपछि यात्रु ल्याउन पाउने छैन ।

प्राधिकरणले अर्को निर्णय नहुन्जेलसम्मका लागि बेलायतबाट हुने यात्रु उडान आगमनमा प्रतिवन्ध लगाएको उहाँले बताउनु भयो । बेलायतमा ट्रान्जिट बनाएर नेपाल आउन पनि पाइने छैन । तर, नेपालबाट कुनै पनि वायुसेवा चढेर बेलायत जान रोक लगाइको छैन । त्यस्तै बेलायतबाट हुन सक्ने मेडिकल लगायतका कार्गो उडानलाई पनि रोक लगाइएको छैन ।

यसअघि भारत, हङकङ र स्पेनसहितका ४० भन्दा धेरै देशले बेलायतबाट हुने उडान प्रतिबन्ध गरिसकेका छन् ।

अध्यागमन विभागका अनुसार प्रतिबन्ध अघि गत मंगलबारयताको ६ दिनमा मात्रै बेलायतबाट एक सय २ यात्रु नेपाल प्रवेश गरेको देखिन्छ ।
नेपाल–बेलायत सिधा उडान नभएपनि उक्त मुलुकका लागि नेपालमा युरोपको टर्किस एयर, कतार एयर, एयर अरेबिया आबुधाबी लगायतबाट यात्रुहरु आउजाउ गर्छन् । प्राधिकरणले मंगलबार नेपालमा अन्तर्राष्ट्रिय उडान गर्नेमध्येका २७ वटा वायुसेवालाई पत्र लेखेर बेलायतबाट यात्रु ल्याउन नपाइने भन्दै प्रतिबन्ध गरिएको सूचना पठाएको छ ।

बेल्जीयम, क्यानडा, जर्मनी, आयरल्याण्ड, पोर्चुगल, ईटाली, रोमानिया, रसिया र स्वीजरल्याण्डले पनि बेलायतबाट यात्रुहरु आउनमा प्रतिबन्ध लगाएका छन् । ईरानले दुई साताका लागि बेलायतबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले बीबीसीसँग कुरा गर्दै नयाँ प्रकृतिको भाइरस कोरोना भाइरसभन्दा ७० प्रतिशत छिटो अरुमा सार्ने र परिस्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन् ।

उता, युरोपेली युनियन (इयू( ले भने बेलायतमा यात्रामा प्रतिवन्ध लगाउने निर्णय फिर्ता लिन आफू मातहतका राष्ट्रहरुलाई आग्रह गरेको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ संक्रमण फैलिएसँगै विभिन्न राष्ट्रहरुले बेलायतमा यात्रामा प्रतिवन्ध लगाएका थिए ।

इयूले युनियनमा आवद्ध देशहरुलाई कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको हो ।

ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको बैठकअघि आयोगले यात्रा प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन आग्रह गरेको हो ।

इयूको यो निर्णय सदस्य राष्ट्रहरूले मान्नैपर्ने बाध्यता चाहिँ नरहेको बताइएको छ । सीमा नियन्त्रणसम्बन्धी आ–आफ्ना नीति अपनाउन स्वतन्त्र भएकाले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता दिन सक्ने बताइएको छ ।युनियनमा आवद्ध २७ सदस्य राष्ट्रले बेलायतमा हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी