पुष ८ काठमाण्डौं । लामो समयदेखि लिम्पियाधुरा, लिपुलेक, कालापानीको सीमा विवादका कारण सम्बन्ध चिसिए पनि एकाएक रअका प्रमुख सामन्त गोयलको प्रधानमन्त्रीमन्त्री ओलीसगँको घण्टौको एकल वार्ता, सेना अध्यक्षको नेपाल भमण र विदेश सचिव श्रृगला एवं भाजपा नेताको भ्रमण लगत्तै केही समयमा प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि भारत खुसी भएको देखिएको छ ।
भारत सरकारले आधिकारीक प्रतिकृया नदिए पनि भारतका पूर्व कर्मचारी, सैन्य अधिकारी र राजनीतिक विष्लेषकहरुले संसद विघटनले भारतलाई फाईदा भएको र चीनको प्रभाव घट्ने प्रतिकृया दिएका छन् ।
विभिन्न भारतीय सञ्चार माध्यममा पूर्व भारतीय जनरल अशोक मेहेता, पूर्व भारतीय राजदुत रणजीत रायले यो घटनाक्मले भारतलाई फाईला पुग्ने प्रतिकृया दिएका छन् ।
राजदुत रायले भारतीय एक अखबारमा नेकपालाई एक बनाईराख्ने चीनको उदेश्य असफल भएको र ओलीले भारतसगँ सम्पर्क बढाएको उल्लेख गरेका छन् ।
तर कतिपय बुद्धीजीवीले भने ओलीले गरेको संसद विघटन जनादेशको अपमान भएको प्रतिकृया दिएका छन् ।
बुद्धीजीवी आनन्द स्वरुप बर्माले संसद विघटन गर्नु पर्ने कुनै कारण नभएको टिप्पणी गरेका छन् ।
धेरै भारतीय मिडियाले नेपालको घटनाक्रमलाई चीन असफल भएको र भारतलाई फाईदा भएको टिप्प्णी लेखिरहेका छन् ।