गण्डकी प्रदेशस्तरीय क्रिकेट: कास्कीद्वारा तनहुँ पराजित

गण्डकी प्रदेशस्तरीय क्रिकेट: कास्कीद्वारा तनहुँ पराजित

  • मङ्लबार, पुस ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

कास्की, ७ पुस । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कास्की विजयी भएको छ । कास्कीले तनहुँलाई ३१ रनले पराजित गर्दै लिग तालीकामा थप दुई अङ्क जोड्न सफल भयो ।

गण्डकी प्रदेश क्रिकेट सङ्घद्वारा गत पुस ३ गतेदेखि आयोजना गरिएको एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत जितका लागि १५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका ब्याट्म्यान कास्कीका दिपेश खत्रीको धारिलो बलिङ सामु टिक्न सकेनन् ।

खत्रीले १० ओभर बलिङमा पाँच मेडनसहित मात्र नौ रन खर्चिएर चार विकेट लिन सफल हुनुभएको थियो । जवाफी ब्याटिङमा उत्रिएको तनहुँले १२३ रनमात्र बनायो । टस जितेर मैदान उत्रिएको कास्कीले ४७ ओभरको पाँचौँ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५४ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङले २० रनको योगदान दिनुभएको थियो ।

तनहुँका समिर कँडेलले सर्वाधिक ४१ रन बनाउनुभयो । कास्कीको बलिङमा सुवास भण्डारीले तीन विकेट लिनुभएको थियो । तनुहँको बलिङमा दिनेशजङ्ग बुढामगरले तीन, राजु गुरुङले दुई तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक÷एक विकेट लिनुभयो ।

खेलमा कास्कीका दिपेश खत्री ‘म्यान अफ द म्याच’ घोषित हुनुभएकामा उहाँलाई नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ट्रफी प्रदान गर्नुभयो । गण्डकी प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत बुधबार कास्की र नवलपुरकाबीचमा खेल हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ