एक पिकअप सहित साढे सत्र लाखभन्दा बढिको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा

एक पिकअप सहित साढे सत्र लाखभन्दा बढिको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा

  • मङ्लबार, पुस ७, २०७७
  • रबिन्द्र यादव

  • 15.3K
    SHARES

पुष ७ नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको विभिन्न नाकाबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको एक पिकअप सहित साढे सत्र लाख भन्दा बढि मुल्य बराबरको मालसमान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ पिपरपातीबाट लु १ च २०५५ नम्बरको पिकअपमा लोड गरि लगिएको एक सय तिस पेटी पेय पदार्थ (रेडबुल) , सरावल गाउँपालिका वडा नं ७ गणेशपुर बाट लत्ताकपडा त्यसैगरी सरावल गाउँपालिका वडा नं ६ मोजरहिया बाट केही खसी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।No description available.

सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम तथा मातहतका युनिटबाट परिचालित ड्युटिले यस गणको जिम्मेवारी क्षेत्रका बिभिन्न नाकाको प्रयोग गरी भारतबाट अबैध रुपमा भन्सार छलि भित्र्याइएका उक्त मालसामान अावश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको रेग्मीले बताए । जिल्लाको सिमा क्षेत्रमा तस्करी बढेपछि निगरानी बढाइएको सशस्त्र प्रहरी नवलपरासीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ