पुष ६ काठमाण्डौं । नेपाली काँग्रेस, नेकपा र जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु अलोकतान्त्रि, असंवैधानिक भएको भन्दै सयुक्त संघर्ष गर्ने गरेका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको ती तीन दलका नेताहरूको बैठकले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको साझा धारणा तय गर्दै संघर्षको निर्णय गरेको हो ।
संघर्षका थप कार्यक्रमबारे आ आफ्नो पार्टीको केन्द्रीय कमिटीबाट निर्णय गर्न एकमत भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार भोली तीनै दलको बैठक बसेर संघर्षको कार्यक्रम तय हुनेछ ।
आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर लगायतका नेता सहभागी थिए ।