पुष ६ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई काबाृही गरेको नेकपाले निर्वाचन आयोगलाई जानकारी दिएको छ ।
नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आज दिउँसो आयोगको कार्यालय पुगेर आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी गराएका छन् ।
ओलीलाई स्थायी कमिटीले कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय समितिमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हैसियत उपाध्यक्ष बराबरको भएकाले उनको नेतृत्वमा हुने भेला र बैठकले आफूलाई कारबाही गर्न नसक्ने बताए लगत्तै ओलीलाई कार्बाही गरिएको जानकारी निर्वाचन आयोगमा पुगेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline