पुष ५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सूचना पाए लगत्तै प्रचण्ड माधव समुहले संसद सचिवालयमा प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको पुष्टी भएको छ ।
संसद सचिवालयका अनुसार दर्ता नम्बर १ रहेको सो प्रस्तावमा ९० सांसदले हस्ताक्षर गरेका छन्। यो संसद विघटन हुनु अघि नै दर्ता भएको थियो ।
यस अघि संसदको बिशेष अधिवेशन माग गर्दै तीनै सांसदहरुले राष्ट्रपति कार्यलयमा निवेदन दिन गए पनि दर्ता भएको थिएन ।
पछि सोही हस्ताक्षरलाई अविस्वासको प्रस्तावका रुपमा बदलिएको थियो ।
भीम रावल र पम्फा भुषाल सहितका नेताहरुले प्रस्ताव दर्ता गराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline