आगलागीबाट १ जनाको मृत्यु

आगलागीबाट १ जनाको मृत्यु

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES
सांकेतिक तस्बिर ।

मोरङ, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका-१४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान राती साँढे १२ बजेको समयमा तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ बर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु भएको हो । उक्त आगलागीमा परी निजको श्रीमती ३२ बर्षीया ईन्दु देवी तत्मा र निजकै छोरा ७ बर्षीय किशन कुमार तत्मा घाईते भएका छन् । घाईतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगलागीमा परी निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जल्दा निजको अन्दाजी ४ लाख बराबरको क्षति भएको र उक्त आगलागी बिराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साँढे १ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित १ जना पक्राउ

मोरङ, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका(१५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई शनिवार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । निजको साथबाट प्रहरीले DIAZELAB-९ एम्पुल ,AVIL-६ एम्पुल र LUPIGESIC-१० एम्पुल बरामद गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ