पुष ५ एजेन्सी । चर्चित फुटवल लियोनल मेसीले एकै क्लबका लागि गरेको गोलको आधारमा फुटवल लेजेण्ड पेलेसगँ बराबरी गोल संख्या पुर्याएका छन् ।
उनले बार्सिलोनाका लागि ६ सय ४३ औं गोल गरेका हुन् । यद्यपि, वार्सिलोना भने भ्यालेन्सियासगँ दुई दुई गोलको बराबरीमा रोकियो ।
पहिलो हाफको इन्जुरी टाइममा हेडबाट ३३ वर्षीय मेसीले गोल गरे । सन् १९५६ देखि १९७४ बीच पेलेले ब्राजिलको सान्तोसका लागि १९ सिजनमा ६ सय ४३ गोल गरेका थिए ।
बराबरीका नतिजापछि बार्सिलोना १३ खेलबाट २१ अंकमा सीमित रह्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline