आज नेकपा स्थायी समितिको बैठक

आज नेकपा स्थायी समितिको बैठक

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

पुष ५ काठमाण्डौं । नेकपा स्थायी समितिको बैठक आज बस्दै छ । यस अघि अध्यादेश र प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता हुनु पर्ने ओलीको अडानका कारण बस्दै स्थगित हुँदै आएको बैठकमा आज पनि तिनै एजेण्डामा छलफल हुने एक नेताले बताए । बैठक दिउसो बस्ने छ ।
ओलीले प्रचण्डले कार्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदनलाई आरोप पत्र भन्दै त्यसलाई फिर्ता नलिदा सम्म बैठकमा छलफल हुन नसक्ने भन्दै बैठकमा नआउने जानकारी दिदै आएका छन् ।
त्यस सगैँ पछि स्थायी समितिको बैठकमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याए पछि थप विवाद बनेको थियो ।
ओलीले अध्यादेश ल्याए पछि प्रचण्ड नेपाल समुहका ८३ जना सांसदले संसदको बिशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यलयमा निवेदन दर्ता गराउन भीम रावल र पम्फा भुषाललाई पठाएको थियो । तर उनीहरुको निवेदन शीतल निवासले दर्ता गरेन ।
अध्यादेश फिर्ता लिने बैठकले निर्णय गर्दा ओली पनि उपस्थित थिए , तर अध्यादेश फिर्ता गराउनुको साटो बिहिबारको मन्त्रीपरिषद् बैठकमा उनले त्यसको उच्चारण नै नगरेको र संवैधानिक परिषद्को बैठक आव्हान गरे पछि प्रचण्ड माधव समुह थप चिढिएको थियो ।
त्यस पछि शुक्रबार बालुवाटारमा प्रचण्ड ओलीलाई भेट्न पुगेका थिए भने ओली शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
नेकपा भित्रको विवादले कार्यकर्ता पक्तिलाई थप विभाजित बनाउदै लगेको छ भने सडकमा सरकार बिरुद्ध आक्रोस बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ