काठमाडौं पुष ४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं अलराउन्डर पारस खड्काले टी–१० लिगमा टीम अबुधाबीको नयाँ भूमिका पाउँदा उत्साहित भएकोे बताएका छन् ।
टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको रूपमा नियुक्त गरेको थियो । नयाँ भूमिका पाएपछि पारसले आज ट्वीट गर्दै यसबाट उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताए ।
पारस टिमको कोचिङ स्टाफको रूपमा रहने टीम अबुधाबीले जनाएको छ । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline