लैङ्गिक हिंसा र ज्येष्ठ नागरिकहरुको अपमानलाई न्यूनीकरण गर्न गरुडा नपामा अभिमुखिकरण कार्यक्रम

लैङ्गिक हिंसा र ज्येष्ठ नागरिकहरुको अपमानलाई न्यूनीकरण गर्न गरुडा नपामा अभिमुखिकरण कार्यक्रम

  • शुक्रबार, पुस ३, २०७७
  • सन्जय सहनी

  • 10.8K
    SHARES

रौतहट, ३ पौष ।
लैङ्गिक हिंसा तथा ज्येष्ठ नागरिकहरूमा बढिरहेको अपमानलाई न्यूनीकरण गरि बचावटको उपाय र घटना सन्दर्भमा कानूनी उपचार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गरूडा नगरपालिका न्यायिक समिति, गरुडा रौतहटको आयोजनामा रौतहट जिल्लाभित्र बढ्दै गएको लैङ्गिक हिंसा तथा ज्येष्ठ नागरिकहरूमा बढिरहेको अपमानलाई न्यूनीकरण गरि बचावटको उपाय र घटना सन्दर्भमा कानूनी उपचार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम भएको हो।संघीय प्रहरी कार्यालय, जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम भब्यताको साथ समपन्न भएको स्थानीय पत्रकार सागर यादबले बताएका छन् ।
नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, भर भलादमी लगायतको उपस्थितिमा भएको कार्यक्रममा सहभागी पालिकाका उपप्रमुखहरुलाई नगरपालिकाले सम्मान समेत गरेको छ ।
नगरपालिकाका निमिति प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलम सहभागी रहेको कार्यक्रम गरूडा नगरपालिकाको उपप्रमुख रंगीला कुमारी जयसवालको संयोजकत्वमा सम्पन्न भएको हो।कार्यक्रम मै बोल्दै उप-प्रमुख रंगिला देबि जयसवालले लैङगिक हिंसा न्यूनीकरण र जेष्ठ नागरिकको अपमानलाई न्यूनीकरण गर्न आफ्नो ब्यक्तिगत र नगरपालिकाको तर्फबाट सक्दो सहयोग र प्रयत्न गरेको र गरिरहने प्रतिबद्धता ब्यक्त गरे।उहाँले भने पछिल्लो समय हाम्रो लैङ्गिक हिंसामा वृद्धि र जेष्ठ नागरिकको मानसम्मानमा ठेस पुग्ने घटना बढेको छ यो बिसयमा हामी सबै गम्भीर छौ ,सुरक्षा निकाय देखि सम्पुर्ण संघ सस्था अघि बढुनु भको छ अझ गम्भीर बनौ सहकार्य र सहयोगको लागि म तयार छु। गरुडा नगरपालिकाका गरूडा नगरपालिकाका नगर प्रमुख ईन्नु राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह, ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायव उपरीक्षक रवि रावल एवम रौतहटका सम्पूर्ण पालिकाहरुका उपप्रमुखहरूको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ