पुष ३ काठमाण्डों । किशानको उखुको मुल्य नदिएको भन्दै आन्दोलन चर्किएका बेला रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले आजैबाट किशानको भुक्तानी दिन शुरु गरेको जनाएको छ ।
विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिबस उखु किसानहरुलाई भुक्तानी गर्न बिलम्ब भई पर्न गएको पीर मर्का प्रति क्षमाप्रार्थी छौ भन्दै उद्योगले भुक्तानी चालू गरेको जनाएको छ ।
यस उद्योगले भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भई सकेको र भुक्तानीका लागि कारखाना स्थलमा सूचना टांस गरी सकेको अवगत उद्योगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चार वटा मिलले करोडौ भुक्तानी नदिदा कृषकहरु मारमा पर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline