प्रभु बैंकको १९ औं साधारण सभा पुष २६ गते बस्ने

प्रभु बैंकको १९ औं साधारण सभा पुष २६ गते बस्ने

  • शुक्रबार, पुस ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

प्रभु बैंक लिमिटेडले पुस २६ गते उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। बबरमहल स्थित केन्द्रीय कार्यलयमा बैंकको साधारण सभा आयोजना गरिने भएको छ ।
सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ को जोखिमका कारण सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएका कारण अन्य शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सो सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सो बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १० गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि बुकक्लोज गर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ