एजेन्सी पुष ३ । भारतका पूर्व सेना अध्यक्ष विपिन रावतले नेपालले चीनसगँको सम्बन्ध बिस्तार गर्दा सतर्क हुनु पर्ने टिप्पणी गरेका छन् । नयाँ दिल्लीमा ल्याण्ड वारफेयर स्टडीज र नेपाल ईन्सटीच्युट अफ् ईन्टरनेसनल कोअपरेसन एण्ड ईन्गेजमेन्को बार्षिक कार्यक्रमलाई संवोधन गर्दै रावतले श्रींलकाको नाम लिदै नेपालले पुरानो अनुभवबाट सिक्नु पर्ने तर्क गरे । श्रीलंकाको हेम्बनटोटा बन्दरगाह ९९ बर्षका लागि चीनलाई लिजमा दिएको बिषयलाई भारतीयहरुले उठाउने गरेका छन् ।
उनले भारत र नेपालको सम्बन्ध विकसित हुन सदियौ बर्ष लागेको भन्दै शान्ति र समृद्धिका लागि दुबै देशको सम्बन्ध मजबुत हुनु पर्ने धारणा राखे ।
उनले नेपालले आफ्नो स्वतन्त्र नीति अनुसार अन्य राष्ट्रहरुका लागि ढोका खोलेको तर अनुभवका आधारमा अन्य सम्झौता गरेका देशहरुबाट सिक्नु पर्ने भन्दै श्रींलकाको उदाहरण दिएका थिए ।
सन् २०१९ अगष्टदेखि नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणको बिषयमा नेपालले आवाज उठाए पछि भारतसगँको सम्बन्ध चिसिएको थियो ।
यद्यपि, पछिल्लो समय रअका प्रमुख, सेनाअध्यक्ष नरवणे र विदेश सचिव श्रृगलाको नेपाल भ्रमण पछि संवादको तहमा सम्बन्ध बिकसित भएको छ ।