अष्ट्रेलियाका वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक नियुक्त, के पुर्याउलान नेपाललाई विश्वकप सम्म ?

अष्ट्रेलियाका वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक नियुक्त, के पुर्याउलान नेपाललाई विश्वकप सम्म ?

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

पुष २ काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन्। उनले यस अघि श्रींलकालाई विश्वकप जिताउन सफल भएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको जनाएको छ । वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन्।

क्यानले नेपाली टिमको प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता एक दर्जन प्रशिक्षकको अन्तर्वार्ता लिएका मध्य वाटमोरलाई छनौट गरेको हो ।
श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव सम्हालीसकेका छन् ।

उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।

उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक रहीसकेका छन् ।
उनले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए।

त्यसै गरी उनले २०१२ देखि २०१४ सम्म पाकिस्तानको समेत प्रशिक्षक बनेका थिए । पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने।

क्यानले वाटमोरलाई प्रशिक्षक नियुक्त गरेसँगै रौनकबहादुर मल्ललाई महाप्रवन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य बृत्त व्यवस्थापक र विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
वाटमोरबाट नेपालले विश्वकप सम्मको यात्रा अपेक्षा राख्न सक्छ । यस अघि टि ट्वेन्टीमा विश्वकप सम्म नेपाल पुगेको थियो । जसको नेतृत्व पुवुदु दासानायकेले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ