मेगा बैंकले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

मेगा बैंकले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

पुष २ काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६–७७ को बितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत असार ३१ गतेसम्मको सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्तापुँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४१६ रुपैयाँको कुल १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७५१.७९ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१.६० रुपैयाँबराबरको बोनस सेयर र ३.०५ प्रतिशतले हुन आउने ४० करोड ६३ लाख ४२ हजार २१०.१९ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १० औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ