प्रभु लाईफको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

प्रभु लाईफको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

पुष २ काठमाण्डौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुको प्रवेश बढेको छ । बैंक तथा शेयर ब्रोकर हाउसमा डिम्याट एकाउन्ट खोल्ने र मेरो सेयर दर्ता गनेको संख्या पनि दिनहुँ बढीरहेको छ ।
यसैको फल स्वरुप अहिले कुनै पनि कम्पनीको आईपिओ खुल्नासाथ माग भन्दा अत्याधिक मात्रामा आवेदन पर्ने गरेको छ ।
यस अघि विभिन्न कम्पनीमा माग भन्दा १२ गुणा सम्म बढी आवेदन परेको छ । यसरी हेर्दा आज अन्तिम दिन सम्म प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा पनि माग भन्दा निकै ठूलो चापमा आवेदन पर्ने देखिएको छ । हिजो सम्म मात्रै साढे ८ लाख बढीले आवेदन दिईसकेका छन् ।

८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेका छन् ।

यो सर्वसाधारणको माग गरिएको भन्दा ४ गुणा बढी आवेदन हो । कम्पनीले हिजोदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

बाँकि रहेको ५४ लाख कित्तामा आजदेखि सर्बसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिने आज अन्मित दिनमा बैंकिगं समय सम्म बढी नै आवेदन पर्ने अनुमान गरिएको छ ।कम्पनीको बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ